एजेन्सी / अभिनेता राजकुमार राव सानै उमेरदेखि नै सुपरस्टार शाहरुख खानको फ्यान भएको उल्लेख गदै एउटा भिडियो सेयर गरेका छन्।

एक कार्यक्रमकाबीच शाहरुख र राजकुमारको भेटघाट भएको थियो। कार्यक्रममा शाहरुख खानले राजकुमारलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ।

राजकुमारले सो भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘सानैदेखि म उनको डाइलग भन्दै आएको थिए। आज उनले मेरो डाइलग भने। रोमाञ्चित महसुस भइरहेको छ। तपाईं जस्तो कोही छैन। तपाईंले नै मलाई अभिनेता बन्न अभिप्रेरित गर्नुभएको हो। म सधैँ तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ।’

शाहरुख खानले राजकुमार राव अभिनित चलचित्र ‘स्त्री’ को डाइलग भनेका थिए।