काठमाण्डौ / पछिल्लो समय दर्शकको रोजाइमा परेकी अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोमा समेत धेरै देखिने गर्दछिन्। उनै आँचल अभिनित ‘भन भन’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

उनको अभिनेता पुष्प खड्कासँग रोमान्स देख्न सकिन्छ। गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोमा आँचल र पुष्पलाई वैँशालु प्रेम जोडी रुपमा देखाइएको छ।

गायक रविन बर्तौलाले बजारमा ल्याउको यो गीतमा उनलाई गायिका बिन्दु परियारले स्वरमा साथ दिएकी छन्। गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको छ।

हेर्नुहोस् भिडियो :