कैलाली / कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा एक व्यक्तिकाे हत्या भएको छ।

२८ वर्षका खुशीराम चौधरीको स्थानीय ३२ वर्षका मोतीराम चौधरीले टाउकोमा बञ्चरोले हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो।

मानसिक सन्तुलन ठिक नभएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका स्थानीय बासिन्दाको भनाइ छ। खुशीरामलाई बन्चरोले हानेर मोतिराम फरार रहेका छन्।