इटहरी/ एटिएन मिडिया प्रा.लि.द्वारा सञ्चालित पूर्वी खबर डटकम आईतबार पाँचौ बर्षमा प्रवेश गरेको छ। पूर्वी खबरले आईतबार इटहरीस्थित मुख्य कार्यालयमा बिशेष कार्यक्रम गरेर चौथो बार्षिकोत्सव मनाएको हो। IMG_0029

आईतबार भएको बार्षिकोत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारी र एटिएन मिडिया प्रा.लि.का अध्यक्ष एवं पूर्वी खबरका सम्पादक त्रिलोचन पौड्यालले संयुक्त रुपमा पूर्वी खबर अंकित केक काटेर बार्षिकोत्सव मनाईएको छ। IMG_0034

बार्षिकोत्सव कार्यक्रममा पूर्वी खबरका सम्पादक त्रिलोचन पौडेलले स्थापनाकालको संघर्ष बताउँदै पूर्वी खबरलाई आगामी दिनमा अझ शशक्त र बिश्वासिलो बनाउन लागिपर्ने बताउनुभयो।

सम्पादक पौडेलले पूर्वी खबरलाई भरपर्दो र बिश्वसनीय सञ्चार माध्यम बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै स्लोगन ‘सत्य समाचारको सारथी’ जस्तै सत्य समाचारको सारथी बनेर देखाउने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले पाँचौ बर्ष प्रवेशको अवसरमा शुभकामना ब्यक्त गर्दै अझै शशक्त बन्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पूर्वी खबरको टिमबाट रेडियो, टेलिभिजन पत्रिका समेत प्रकाशित गर्न सक्षम बनोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो। IMG_0065

कार्यक्रममा प्रहरी नायव उपरिक्षक भण्डारीले राष्ट्र र समाज प्रति उत्तरदायी भएर अगाडी बढ्न आग्रह गर्दै कानुन सम्मत तरिकाले प्रदान गर्न सक्ने सेवा प्रदान गर्न शुभकामना ब्यक्त गर्नुभएको छ। IMG_0070

समाजका बिभिन्न तह र तप्कामा रहेका बिभिन्न घटनाहरुलाई उजागर गर्दै अपराध अनुसन्धान र नियन्त्रण एवं निमुल गर्न प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो। IMG_0084

उहाँले इटहरी प्रहरी सुचना प्रवाहमा सहयोग गर्न तत्पर रहेको भन्दै कार्यसफलताको शुभकामना ब्यक्त गर्नुभएको छ। कार्यक्रममा पूर्वी खबरका डेस्क सम्पादक द्वय शोभित मगर र बिजय ओझा यस्तै एटिएन मिडिया प्रा.लि.की प्रवन्धक निशा धिताललगायतको उपस्थिती थियो।