एजेन्सी / बंगलादेशका १६ जनालाई मृत्युदण्डको सुनाइएको छ। एक स्कूले किशोरीलाई मट्टितेल छर्की जिउँदै जलाएर हत्या गरेको आरोपमा बंगलादेशको अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो।

गत अप्रिल महिनामा १९ वर्षीया स्कूले छात्रा नूसरत जहाँ रफीलाई विद्यालयकै छतमा मट्टितेल छर्किएर जलाइएको थियो। एक इस्लामिक स्कूलमा अध्ययनरत नूसरतले आफूमाथि स्कूलका प्राधानाध्यापक सिराज उद दौलाले निरन्तर यौन दुब्र्यवहार गर्दै आएको आरोपमा उजुरी गरेकी थिइन्।

मुद्दा दर्ता भएपछि उनलाई निरन्तर सो मुद्दा फिर्ता लिन दबाव दिइएको थियो। तर, नूसरतले मुद्दा फिर्ता लिन नमानेपछि उनलाई स्कूलकै छतमा ज्यूँदै आगो लगाइएको थियो। उनको मृत्युपछि प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो।

अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको हो। प्रहरीले नूसरतको उजुरीपछि पक्राउ परेका सिराजले जेलबाटै निर्देशन दिएर उनको हत्या गर्न लगाएको बताएको छ।