काठमाण्डौ / चलचित्र ‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक भएको छ। ट्रेलरका कारण केही विवादित बनेको चलचित्रको दोस्रो गीत शुक्रबार सार्वजनिक गरिएको हो।

सार्वजनिक ‘सुसाइड’ बोलको गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचर्ड छन्। निर्देशक जोनी सिंह राणाको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत रहेको छ।

यस गीतमा रुपक डोटेल र संगीतकार क्षेत्रीको स्वर रहेको छ। गीतको भिडियो कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्। चलचित्र कार्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ।

हेर्नुहोस् भिडियो :