इटहरी/ चैत्र ९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र “महाजात्रा” टिमले ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम गरेको छ। बिश्वब्यापी रुपमा प्रदर्शनमा आउन लागेको “महाजात्रा” टिमले बिहिबार ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम गरेको हो। 

mahajatra 4‘महाकमेडी बिथ महाजात्रा’ कार्यक्रममा महाजात्रा युनिट अतिथिको रुपमा उपस्थित थिए। ‘महाकमेडी बिथ महाजात्रा’मा कलाकारहरु सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, प्रभात लामा, सन्तोष थापालगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए।majatra

यस्तै महाजात्रा टिमले ‘महाकमेडी बिथ महाजात्रा’ अगाडी इटहरीमा पत्रकार भेटघाट पनि गरेको थियो । पत्रकार भेटघाटमा चलचित्रका कलाकार राजाराम पौडेल, रबिन्द्र झा र चलचित्र महाजात्राका कार्यकारी निर्माता एवं कलाकार रबिन्द्र सिंह बानियाँले उपस्थित सञ्चारकर्मीहरुसँग चलचित्रका बारेमा सम्क्षिप्त कुराकानी गरेका थिए।

majatra 3पत्रकार भेटघाटमा बानियाँले जात्राको सिक्वेलहरु दर्शकहरुले मनपराएर माया गरेर नै आँफुहरुले महाजात्रा निर्माण गरेको भन्दै चलचित्र बनाउनमा आफुहरुले कुनै कन्जुस्याइँ नगरेको र दर्शकहरुले यसभन्दा अघिका श्रृङ्खलाहरु ‘जात्रा’ र ‘जात्रै जात्रा’लाई जस्तै ‘महाजात्रा’ लाई पनि अझ मन पराउनेमा बिश्वस्त रहेको बताउनुभयो।

mahajatra 2

प्रदर्शनको सम्मुखमा रहेको ‘महाजात्रा’को कोसी प्रदेशमा पनि प्रिमियर गर्ने तयारी रहेको भन्दै कार्यकारी निर्माता एवं कलाकार बानियाँले चैत ७ गते बिर्तामोडमा प्रिमियर शो गर्ने तयारी भएको बताउनुभयो। ‘महाजात्रा’ समुहले निर्माण गरेको चलचित्र ‘महापुरुष’ को इटहरीमा प्रिमियर गरिएको थियो।

तस्विर श्रोतः महाजात्रा