दमक / झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ।

दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन्। २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भाग छैन। बच्चाको स्वास्थ्यप्रति परिवार चिन्तित बनेका छन्।

बाबु सुजन भन्नुहन्छ, ‘ज्यामी काम गर्छु श्रीमतीलाई गर्भवती भएका बेला पनि समय–सयमा स्वास्थ्य परीक्षण त गराएकै थिएँ तर अहिले यस्तो के भयो रु’ सुजनका अनुसार श्रीमतीलाई पनि दुई वर्षदेखि पैसा आकारको दाद रोगले सताइरहेको छ। अस्पतालका फेमिली फिजिसियन डा. प्रकाश शर्मा यस्ता बच्चाहरू जन्मिरहेकाले नौलो मान्नुपर्ने कारण नभएको बताउँनुहन्छ।

गर्भवती भएका बेलामा आवश्यक मात्रामा पौष्टिक आहारा खुवाउन नसक्दा यस प्रकारको बच्चा जन्मने उहाँको भनाइ छ। उहाँका अनुसार कार्की परिवारबाट जन्मेको यो बच्चा आमा गर्भवती भएको ५–६ महिनामा स्वास्थ्य परीक्षण गराउँदाको अल्ट्रा साउण्ड रिपोर्टमा पनि बच्चाको यो अवस्था देखिएको उनको भनाइ छ।

तर त्यो अल्ट्रासाउण्ड गराएको स्थानका प्राविधिकहरूले बच्चाको वास्तविक अवस्थाबारे जानकारी नगराएका कारण अहिले जन्मने बेलामा यस्तो स्वरूपको बच्चा जन्मिएको उहाँको भनाइ छ। चिकित्सक शर्माका अनुसार यस प्रकारको बच्चा बाँचे नै पनि टाउकोको उपचार भने गर्न सम्भव हुँदैन। यस प्रकारको घटना विश्वका गरिब मुलुकमा बढी हुने गरेको चिकित्सकको भनाइ छ।