सुनसरी/ बिश्व साक्षरता दिवसको अवसरमा सुनसरीको इटहरीस्थित बेबिलोन स्कुलले साक्षरता अभियान तथा सचेतना कार्यक्रम गरेको छ। स्कुलले कक्षा १०का बिद्यार्थीलाई सहभागी गराएर कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमका अबसरमा कक्षा १० का बिधार्थीले सचेतना जगाउनमा सकृय सहभागिता जनाएका थिए। उनिहरुले इटहरीस्थित मुख्यको चोकमा बिभिन्न सर्बसाधारणसँग कुराकानी गरि साक्षरता दिवसको महत्वबारे बुझाउने कोशिस गरेका थिए।

बिद्यार्थीले साक्षरता र साक्षरता दिवस झल्काउने प्लेकार्ड बोकेर अटो तथा सफारी चालकहरुसँग कुराकानी गरेका थिए। एक छात्राले जनचेतना जगाउने क्रममा सरिक हुन पाएकोमा खुशी लागेको बताएकी थिईन। त्यस्तैगरी बिद्यालयका शिक्षक अर्जुन त्रितालले बिद्यार्थीलाई ब्यबहारिक ज्ञान प्रदान गर्न यस्तो गरिएको बताउनुभयो। c d e