ललितपुर / आफ्नै बहिनी बलात्कार गरेको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन्। त्यस्तै दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्। घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबैजनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको हो।

यतिमात्र होइन, यिनै दुई बालिकालाई बलात्कार गरेको आरोपमा अन्य दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ। जेठ २९ गते भारतीय नागरिक ३५ वर्षीय सञ्जय मण्डलले पीडित मध्ये एक बालिकालाई कोठामा बोलाएर बलात्कार गरेपछि यो घटना बाहिरिएको थियो।

मण्डललाई पक्राउ गरेपछि प्रहरीले पीडित बालिकासँग सोधपुछ गरेको थियो। पीडित बालिकाले आफूहरुलाई आफ्नै दाइ र भाइले पनि बलात्कार गरेको खुलासा गरेका थिए। त्यसपछि प्रहरीले दाइ र भाइलाई समेत पक्राउ गरेको हो।

तिनै १६ वर्षीया बालिकाले आफूलाई मोरङ पथरी घर भएका १९ वर्षीय विकेश खड्काले पनि पटक-पटक बलात्कार बताएकी छन्। खड्कालाई पनि प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।