काठमाण्डौ  / चलचित्र ‘ऐश्वर्य’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् दीपिका प्रसाँइ। उनले दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन्। सो चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट भएको छ।

उनको अभिनय र सुन्दरताले युवाहरू लठ्ठ गराएकी छिन्। उनले छक्का पञ्जा टिम दीपक राज गिरी र दीपाश्री निरौलासँग चलचित्र ‘छक्का पञ्जा ३’मा अभिनय गरेकी थिइन्। चलचित्रले पहिलो दिनदेखि बम्पर कलेक्सन गरेको थियो भने चलचित्र १०० दिन भन्दा बढी हलमा प्रदर्शन भएको थियो। यो चलचित्र २०७५ को उत्कृष्ट चलचित्र भएको थियो। दीपिका चलचित्र ‘छक्का पञ्जा ३’ पछि कुनै चलचित्रमा देखिएकी छैनन्।

उनि केही महिना पहिला निर्देशक दिवाकर भट्टराईसँग बैबाहिक जीवन बाँधिएकी थिइन्। उनी विविध बिषयले चर्चामा रहेकी हुन्छिन्। कहिले उनको सुन्दरता, कहिले ड्रेस अप त कहिले बिहेको बिषयले उनी नेपाली मिडिया र सामाजिक सञ्जाल भाइरल भइरहेकी हुन्छिन्।

हेर्नुहोस् फोटोफिचर :