मुम्बई / बलिउडको एक समयकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको भएको छ। ७१ वर्षीया सिन्हाको बिहीबार निधन भएको हो।

मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा उनले आज करिब १२ बजे अन्तिम सास फेरेकी हुन्। समाचारले जनाए अनुसार उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित रहेकी थिइन्। लंग्सको समस्या केही बर्ष देखिको हो।

bidhya गत साता उनको हालत निकै बिग्रिएको थियो। उनको अवस्थालाई देखेर अस्पतालले भेन्टिलेटरमा राखेको थियो। ब्लड प्रेसर र प्लस रेट स्थिर भएका कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो।

विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयो चलचित्रमा अभिनय गरेकी थिइन्। उनी रिल लाइफको अलवा रियल लाइफमा पनि चर्चामा रकेही थिइन्।