आर.के. इन्टरटेन्मेन्ट ग्रुपले यो बर्ष देखि मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगिता “मिस ग्राण्ड नेपाल२०१८” गने भएको छ। ग्रुपले होटल रोयल एम्पाइर, बालुवाटार काठमाडौँमा पञ्चकन्यासहित भब्य कार्यक्रमसँगै पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी गराएको हो।

लामो समय देखि “ज्ञान सँगै शिक्षा” लाई आधारमा राखेर बिभिन्न शैक्षिक प्रतियोगिता गर्दै आईरहेको आर.के. इन्टरटेन्मेन्टले यो बर्षदेखि मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगिता “मिस ग्राण्ड नेपाल २०१८” गर्न लागेको हो।

कार्यक्रमको अडिसन राउण्ड काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान लगायतका बिभिन्न शहरहरुमा हुने आयोजक संस्थाले जानकारी दिँदै आवेदन खुल्ला गरिएको र छनौटमा परेका सहभागीहरुलाई ५ हप्ताको तालिम दक्ष प्रशिक्षकबाट दिईने जनाएको छ।

मिस ग्राण्ड नेपाल २०१८को बिजेताले नगद एक लाख, स्कुटर र कम्पनी एम्बास्टर हँुदै, म्यानमारमा हुने मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगिता २०१८ मा नेपालको झण्डा फहराउदै उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छिन।

अडिसन हुने मिति:-
१) २०७५ बैशाख २९गते शनिवार पोखरा
२) २०७५ बैशाख ३१ गते सोमबार चितवन
३) २०७५ जेष्ठ २ गते बुधबार बुटवल
४) २०७५ जेष्ठ ५ गते शनिवार धरान
५) २०७५ जेष्ठ २६गते शनिवार काठमाडौँ