काठमाडौं / पत्रकारले आचार संहिता उल्लघंन गपरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ।

प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो। 

जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ,’ विधेयकमा उल्लेख छ। यो समाचार नागरिकमा प्रकाशित छ।