भारतीय सुपरस्टार सलमान खानसहितको बलिउड कलाकारहरुको टोली नेपाल नआउने भएको छ। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिरोध जनाएपछि कार्यक्रम स्थगित भएको हो।

‘दबंग द टुर’ नाम दिईएको सो कार्यक्रमका लागि नेपाल आउने भएका सलमानले आफू कार्यक्रममा सहभागी हुन नेपाल नआउने सन्देश पठाएपछि आयोजक संस्था ओडिसी इटरनेशनलले कार्यक्रम स्थगित गरेको जनाएको छ।

राजधानी काठमाडौंको टुँडिखेलमा १० मार्चमा हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रममा अभिनेता सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदरलगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो।

सलमानको नेपाल भ्रमणको बिषयलाई लिएर नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिरोध जनाउँदै कार्यक्रम अवरोध गर्ने घोषणा गरेको थियो। सलमानको कार्यक्रमको बिषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले बिरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो।

ओडिसीले औपचारिक रुपमा कार्यक्रम रोकिएको नबताएपनि हाललाई निर्धारित मितिमा कार्यक्रम गर्न नसकिने र केही पछाडि गर्नेगरी स्थगित मात्र गरिएको जनाएको छ।