सुनसरी / सुनसरी चतराको कुम्भ मेलामा जाने भक्तजनका लागि विराटनगरबाट निःशुल्क बस सेवा दिने गरेका छन् । विराटनगरका करिम अन्सारीले निःशुल्क बस उपलब्ध गराएर भक्तजनलाई कुम्भ स्थान गर्नका लागि सहजीकरण गरेका हुन् ।

हिन्दु–मुस्लिम एकता र धार्मिक सहिष्णुतालाई सहयोग पुग्ने हिसाबले करिमले आफ्नो बसमार्फत कुम्भ स्थानमा जाने भक्तजन पु¥याउने र ल्याउने काम थालेका हुन् । उनले मेला लागेको केहि दिनदेखि यो सेवा दिईरहेका छन् । यस अगाडी मलामीका लागि विराटनगरमा निःशुल्क बस सेवा दिदैं आएका करिमले कुम्भ मेलामा जान चाहने तर केहि अवस्थाले असहज महसुश गर्ने यात्रुहरुकालागि बस सेवा थालेका हुन् ।

‘नेपालमा लागेको यत्रो मेलामा आस्थावान् धर्मालम्बीहरु सहजै पुग्न सकुन् भन्ने उद्देश्य राखेको हुँ’ करिमले भने–मेला लागेपछि कतिपय भक्तजनले आग्रह गर्नुभयो, मैले हुन्छ भनेर निःशुल्क रुपमा बस उपलब्ध गराउँदै आएको छु । विराटनगरबाट बराहक्षेत्रस्थित चतराधामसम्म बस चढेर गएर कुम्भ स्थान तथा मन्दिर दर्शन गरेपछि विराटनगरसम्म भक्तजनलाई करिमले ल्याएर दैनिक छोड्ने गरेका हुन् ।