झापा / झापाको बिर्तामोडस्थित सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्किएको छ ।

सडकको कालोपत्रे उप्किएपछि ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । एक साताअगाडि निर्माण गरिएको सैनिकमोड दक्षिण ढुंगाना हार्डवेयरअगाडि कालोपत्रे सडक भत्किएको हो ।

ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएकाले एक सातामै भत्किएको सतानु– सैनिकमोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले  बताए । उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको बताए ।