इटहरी / इटहरी उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले १ सय बढी जेष्ठ नागरिकलाई एक दिने तिर्थयात्रा गराएको छ ।

बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ। हुर्केबढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन। यी सबै कुरालाई मनन गरी इटहरी २ नम्बर वडाले ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण कार्यक्रमअन्तर्गत वडाको १ लाख ५० हजार  बजेटबाट १ सय बढी जेष्ठ नागरिकलाई एक दिने तिर्थयात्रा गराएको छ ।

वडा कार्यालयको आयोजनामा ज्येष्ठ नागरिकको भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाएर सप्तरी जिल्लाको कंकालिनी भगवती मन्दिर र छिनामस्ता मन्दिरमा तिर्थयात्रा गराएको हो ।

वडा कार्यालय जेष्ठ नागरिकहरूको साथ छ र जीवन यापनमा जेष्ठनागरीलाई सहज होस भनेर भ्रमण गराएको वडा अध्यक्ष माधव कोइरालाले बताए । वडा कार्यलयले जेष्ठ नागरिकलाई बर्सेनि भ्रमण गराउने उनको भनाइ छ ।

वडा कार्यालयले जेष्ठ नागरिकलाई भ्रमण गराउदा खुसि भएको भुपाल भण्डारीले बताए । वडा कार्यालयले २०८०/८१ को बजेटबाट भ्रमण गराएको हो । तिर्थयात्रामा वडाका जनप्रतिनिधि र वडाका कर्मचारीहरू भ्रमण गरेका थिए ।IMG_20240324_220810