इटहरी/ ग्रेस इन्टरनेशनल एजुकेसनको १६औँ शाखा इटहरीमा शुक्रबार उद्घाटन गरिएको छ। इक्यान अध्यक्ष शेषराज भट्टराईले शाखाको उद्घाटन गर्नुभएको हो।

इटहरीस्थित संगित चोकमा उद्घाटन गरिएको शाखा नेपालमा खोलिएका शाखा मध्ये १६औँ शाखा रहेको शाखा प्रमुख आशिष दुलालले जानकारी दिनुभयो। नेपालमा काठमाण्डौमा सन् २००६मा पहिलो पटक शैक्षिक परामर्श केन्द्रको रुपमा खोलिएको ग्रेस इन्टरनेसनलको अष्ट्रेलियामा ८ वटा, भारतमा दुईवटा, केन्यामा २वटासहित बिश्वभरको २८औ शाखा इटहरीमा खोलिएको शाखा हो।

gress 4

नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए, दक्षिण कोरिया, फ्रान्स, डेनमार्कलगायत युरोपियन देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले ग्रेस इन्टरनेसनलको इटहरी शाखा स्थापना गरिएको शाखा प्रमुख दुलालले बताउनुभएको छ। 

gress 2

ग्रेस इन्टरनेसनलले बिशेषत युएसए, अष्ट्रेलिया र क्यानडालाई प्राथमिकतामा राखेर काम गर्ने दुलालको भनाई छ। दुलालले ग्रेस इन्टरनेसनलले अन्तराष्ट्रिय स्तरको शैक्षिक परामर्श र करियर काउन्सिलिङ्गको काम गर्ने बताउनुभयो। उहाँले बिद्यार्थीहरुका लागि रचनात्मक सुझावका साथ सहकार्य गर्दै सेमिनार सञ्चालन गर्ने शाखा प्रमुख दुलालले बताउनुभयो। 

gress 3

ग्रेस इन्टरनेसनलले कोसी प्रदेशका बिद्यार्थीलाई लक्षित गरेर शैक्षिक र करियरको काउन्सिलिङ्ग गर्ने र बिगतको साखलाई कायम गर्ने लक्ष्य लिएको छ। १६बर्षदेखि बिद्यार्थी र अभिभावकको मन जित्दै उत्कृष्ट काम गर्दै आएको ग्रेस इन्टरनेसनलले कोसी प्रदेशका बिद्यार्थीको मन पनि जित्ने अपेक्षा राखेको शाखा प्रमुख दुलालले बताउनुभयो।

gress 5

उद्घाटन कार्यक्रममा ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रियू पौडेल, इटहरी जेसिजका अध्यक्ष सुमन सुबेदी, रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुलीलगायत उपस्थित थिए।