केराबारी/ मुलुकमा रहेको राजनितीक तरलताको फाईदा उठाउँदै मोरङ्गको केराबारीमा काठ तस्करहरु सल्बलाउन थालेको पाईएको छ। केराबारी ९स्थित प्रस्ताबित धरधरे सामुदायीक बन क्षेत्र भित्र सखुवाको गोलिया लिन जाँदै गरेको बोलेरो गस्ति टोलिले नियन्त्रणमा लिएपछि यस्तो रहस्य बाहिरिएको हो।

तत्कालिन समयमा स्थानीयको रेखदेखमा रहेको धरधरे सामुदायीक बन अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरी परेसँगै निष्कृय बनेको थियो। सामुदायीक बन उपभोक्ता समुह निष्कृय बनेपछि बनले दिएको सुचनामा कोहि सामुदायीक बन दावी गर्न नआएपछि बन कार्यालयले सो सामुदायीक बनलाई राष्ट्रिङ्ग बन घोषणा गर्दै आफ्नो रेखदेखमा ल्याएको थियो।

बन कार्यालयले स्वामित्व लिएपनि अख्तियारमा परेको मुद्दा स्थानीयले जितेपछि सो सामुदायीक बन क्षेत्रबाट ढलेपढेका रुख लान अनि बैज्ञानिक बन ब्यवस्थापनको नाममा कटान गर्न समेत नदिई संरक्षण गर्दै आएका छन्।

उपभोक्ताले आफ्नो स्वामित्वमा पनि आईनसकेको अनि राष्ट्रिय बन भएर दोहोरो स्वामित्वका कारण उपभोक्ता अनि बन कार्यालयले ढलेपढेका रुख उठाउन नपाउँदा काठ तस्करको आँखा बलेको हो।

काठ लिन आएको पिकअप चालकसहित पक्राउ
यसैक्रममा गएको मंगलबार बिहान १२ः३० बजेतिर को २ च २३३२ नम्बरको पिकअप संकाष्पद रुपमा बनको छेउमा आएपछि स्थानीयले बनको गस्ति टोलिलाई खवर गरेका थिए। स्थानीयको खवरपछि शशष्त्र वनरक्षक टोलि र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोलिले पिकअप चालक धनकुटाको साँगुरीगढी गाउँपालिका घर भई केराबारी १०मा बसोबास गर्ने लोकेन्द्र बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ।

एक ब्यक्तिले (नाम गोप्य राखिएको) आँफुलाई काठ गन्तब्यसम्म पुर्‍याईदिए आकर्षक रुपैँया दिने भनेका कारण आँफु रकमको प्रलोभनमा आएको चालकले बताएपछि तस्करीमा संलग्न खोजी गर्ने क्रममा चालक पक्राउ परेको नजिकै ५८दशमलव ८९ क्युबिक फिट सखुवाको गोलिया फेला परेको थियो। तस्करीमा संलग्नहरु संयुक्त गस्ति टोलि देखेपछि आरा, बञ्चरो, झम्पल, ज्याकेटलगायतका सामान छोडेर भागेका थिए।

पक्राउ परेका चालक र नियन्त्रणमा लिएको पिकअपलाई सव डिभिजन बन कार्यालय सलकपुरमा राखेर आवश्यक अनुसन्धान गर्दै गरेको सव डिभिजन वन कार्यालय केराबारीका प्रमुख रुद्र यादवले जानकारी दिनुभयो।

तस्करको बन कार्यालयको मिलेमतो रहेको स्थानीयको आरोप
पूर्वीखबरको सम्पर्कमा आएका धरधरे सामुदायीक बन उपभोक्ता समुहका केहि सदस्यले आँफुहरुले अख्तियारमा परेको मुद्दा बनि जितिसकेको बनको माथिल्लो कार्यालयले स्थानीय उपभोक्तालाई नापेर सामुदायीक बन हस्तान्तरण गर्दिनु भन्ने आदेश दिएपनि सव डिभिजन बन कार्यालय केराबारीले ढिलासुस्ति गरिदिएका कारण तस्करीमा संलग्नलाई मलजल पुगिरहेको आरोप लगाएका छन्।

उनिहरुले सव डिभिजनले ढिलाई गर्नुको कारण तस्करीसँगको मिलेमतो रहेको आशंका गर्दै नत्र किन ढिलो गर्थे भन्दै सव डिभिजनको पनि संलग्नता रहेको आरोप लगाएका छन्।

भन्नेले जे पनि भन्छन् : सव डिभिजन प्रमुख यादव
पूर्वीखबरले तस्करीमा तपाँईको पनि मिलेमतो छ भनेर स्थानीयले भन्छन नि भन्ने प्रश्नमा सव डिभिजन वन कार्यालय केराबारीका प्रमुख रुद्र यादवले भन्नेले जे पनि भन्ने भन्दै यसमा कुनै सत्यता नरहेको बताउनुभयो।

अर्को २७दशमलव ७६क्युबिक फिट सखुवाको काठ नियन्त्रणमा
पूर्वीखबरलाई ढिलो गरी प्राप्त सुचना अनुसार इलाका प्रहरी कार्यालय केराबारीले केराबारी १०स्थित कालिपोखरी सामुदायीक बन क्षेत्रबाट सखुवाको पाँचवटा गोलिया र दुईवटा फ्यान्टा (दुई फ्याक पारेको टुना) गरेर २७दशमलव ७६क्युबिक फिट सखुवाको काठ नियन्त्रणमा लिएको छ।

लान ठिक्क पारेको काठ नियन्त्रणमा लिएर अनुसन्धान गर्दा केराबारी ८स्थित सुरक्षा फर्निचर उद्योगमा भण्डारण गरी राखेको अवैध सखुवाको काठ ८दशमलव ३२ क्युविक फिट पनि फेला परेको थियो।

अवैध काठ फेला परेपछि फर्निचर सञ्चालक नबिन दाहाललाई पक्राउ गरेर बन कार्यालयलाई बुझाएको र बनले दाहाललाई मुद्दा चलाएको इप्रका केराबारीले जानकारी दिएको छ।