बुवाको मृत्युपछि पाउनुपर्ने साढे ५लाख रुपैँया अध्यक्ष भण्डारीले गरिदिए मिनाहा

  • न्युजडेस्क
  • प्रकाशित मिति: आश्विन २५, २०७९

इटहरी/ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिएको छ। अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर सो रकम मिनाहा गरिदिनुभएको हो।

सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहनुभएका भण्डारीले बुवाको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने क्षतिपुर्ति वापतको ५लाख ६०हजार रुपैँया मिनाहा गरिदिनुभएको हो।

करिव एक महिना अगाडि इटहरी ८ मा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कारण सो रकम मिनाहा गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2022 - Purbikhabar.com All rights reserved