आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

  • न्युजडेस्क
  • प्रकाशित मिति: आश्विन १३, २०७९

सुनसरी/ नवरात्रको आज चौथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्‍टिको प्रतीकको रुपमा पूजा गरिन्छ।

आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ। देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ। मन्द हाँसोसहित ब्रह्माण्डको उत्पति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ। 

कुष्माण्डाको अर्थ कुभिण्डो हो। गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सन्सारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ। कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ।

सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2022 - Purbikhabar.com All rights reserved