अर्घाखाँची/ पछिल्लो समय देशको राजनीतिक अबस्था अस्तब्यस्त देखिएको अबस्था छ। जनता राजनैतिक दलहरुको गतिविधि देखेर हैरान बनिसकेका छन्। मुलुक संघीयतामा गएसङ्गै देशमा स्थानीय सरकार बन्यो। स्थानीय सरकार बनेपछि गाँउगाँउमा सिंहदरबार भन्ने नारासहित दलहरु मिठा भाषण गदै हिडिरहेँ। नेपाली जनतालाई अहिले नेताले झुटा प्रलोभन देखाउन छोकेका छैनन्। नेताहरुले बोलेका कुराहरु झ्याप्पै पत्याइहाल्ने अबस्था छैन।

पहिले नेताहरुले चुनाबको समयमा चिल्ला कुरा र मिठा भाषण गरेर जनताको आँखामा छारो हालेर चुनाब जितेजस्तो अहिले अवस्था छैन। नेताहरुले जनताका बारेमा गरेको कुठाराघातले गर्दा पनि जनतामा एक किसिमको आक्रोष पैदा भईरहेको छ। सधैँजसो दिएको धोकाले गर्दा पनि होला यतिबेला नेपालमा प्रमुख पार्टिका नेताहरुको बिकल्प खोज्न थालेका छन्। त्यसैको एक उदाहरण हो २०७९ साल बैशाख ३० गतेको स्थानीय निर्वाचन।

दोश्रो स्थानीय स्तरको निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवारहरुको हावी देखियो देशका विभिन्न ठाँउमा स्वतन्त्र उम्मेदवारले चुनाव जिते। नेपालका मुख्य ठूला दलहरुसँग प्रतिस्र्पधाबाट विजयी भएका स्वतन्त्र उम्मेदवारहरुको देशब्यापी रुपमा केही चर्चामा समेत चल्यो। काठमाडौं महानगरपालिकामा बालेन शाह, धरान उप–महानगरपालिकामा हर्क साम्पाङ्ग र धनगढीमा गोपाल हमालको जितले राजनैतिक दलहरुमा ठुलै हलचल मच्चियो। लामो समयदेखि राजनितिक दलहरुले शासन गरिरहेको ठाँउहरुमा स्वतन्त्र नागरिकले जित्नु भनेको सानो कुरा भने पक्कै होइन्।

भारी मतका साथ स्वतन्त्र नागरिकको जितले देशले नयाँ पुस्ताको खोजी गरिरहेको छ भन्ने कुरा प्रष्ट झल्काउँछ। त्यसैको प्रभावले पनि होला आउदो संघीय चुनाबमा स्वतन्त्र उम्मेदवारको उम्मेद्वारी देशैभर हावी हुने लक्षण देखिएको छ। देशमा स्वतन्त्र उम्मेद्वारको चर्चा चलेसँगै अर्घाखाँचीमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ। अर्घाखाँचीको मालारानी गाँउपालिकाको वडा नम्बर २ निवासी दुर्गा बन्जाडे पनि स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गराउने तयारी गरिरहेका छन्।

अर्घाखाँचीमा नेकपा एमालेका सचीव संघीय सांसद टोपबहादुर रायमाझीको पकड जिल्ला मानिन्छ। स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीलाई एमालेमय बनाएका नेता रायमाझीसँग स्वत्रन्त्र उम्मेदवार बन्जाडेलाई सजिलो भने देखिदैन।

को हुन दुर्गा बन्जाडे ?
अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिकामा जन्मिएका दुर्गा बन्जाडे बुवा आमाको ९ सन्तान मध्येका ठाइलो छोरा हुन्। सामान्य किसान परिवारमा जन्मिएका दुर्गाको बाल्यकाल सुख र सुबिधामा बित्न पाएन।

सानैदेखि ब्यापारी बन्ने सपना बोकेका दुर्गा परिवार अवस्था लगानि गरेर व्यापार गर्न सक्ने थिएन त्यहि पनि जहाँ इच्चा त्यहाँ उपाय भनेझै गाँउमा एलएलसी पास गरेर दुर्गाको पाइला संघर्षको मैदान तिर लम्किए। २०६० सालमा व्यापारी बन्ने लक्ष्य बोकेर काठमाडौं छिरेका बन्जाडेलाई फलामको चिउरा चवाउनु जस्तै भयो । काठमाडौँमा ज्यान पाल्नका लागि बन्जाडेले अनगिन्ती कामहरु गर्न थाले ट्राभल एजेन्सीदेखि औषधी फ्याक्ट्रीसम्म जागिर खाएका दुर्गा बिस्तारै बिस्तारै व्यवसाय तिर हात हाले उनको सपना ठूलो ब्यापारी बन्न थियो।

ब्यापार गर्ने सपना देखेका दुर्गाले बिस्तारै बिस्तारै आफ्ना सपनाहरुलाई बिपनामा परिणत गर्न थालेका बन्जाडे २०६५ सालदेखि मसला उद्योग सञ्चालनमा ल्याए। इमानदारीता धैर्यता र लगनशिलतालाई पछ्याउँदै गएपछि दुर्गा ब्यापारमा सफल हुँदै गए। सानो लगानीबाट शुरु गरेको दुर्गा बन्जाडेको फ्याक्ट्रीले अहिले देशको झन्डै ४००वटा सुपरमार्केटमा आफ्नो उत्पादन बिक्री गर्ने गरेको छ। एउटा सामान्य किसानको छोरा दिन रात परिश्रम गरेर सफल व्यापारी बन्नसक्ने व्यक्ति एउटा असल राजनिति गर्न कसो नकस्ला ?

बन्जाडेलाई हामी मिडियाकर्मीले प्रश्न गर्यौ व्यापारमा सफल भएर राम्रै पैसा कमाइरहनु भएको तपाईं राजनितिमा किन आउन खोज्नुभयो ? हाम्रो प्रश्नपछि दुर्गाले हल्का मुस्कुराउदै जबाफ दिए।

जिन्दगीमा आफ्नो र आफ्नो परिवारको लागि दिन रात नभनी काम गरे। हिजो पेट पाल्न धौ धौ भएको मेरो परिवारमा आज सब भौतिक सुख सुबिधाहरु प्रयोग गर्न सक्ने सम्म भए। मिहिनेत गरेर पैसा त कमाए तर आफू जन्मिएको आफू हुर्केको माटोको लागि केही गर्न सकिएको छैन जस्तो अनुभती भईरहेको छ, त्यसैले आजका मितिसम्म आफ्ना लागि गरेपनि अवको दिनमा भने अर्घाखाँची जिल्लाबासीका लागि काम गर्ने जोश र जाँगर लिएर आएको छु।

नेताहरुदेखि वाक्क भईसकेका अर्घाखाँचीका जनताका लागि यस्तो काम गरेर देखाउन मन छ जुन कामले देशैभरी नयाँ युगको शुरुआत होस्। जसरी स्थानीय निर्वाचनले स्वतन्त्र उम्मेद्वारले जनताको मन जिते त्यसैगरी अर्घाखाँचीका जनताको मन जितेर काम देखाएर जनताको लागि जनताकै साथमा रहेर काम गर्ने अठोट गरेको छु।

झन्डै ३६ वर्षको उमेर सम्म आफ्ना लागि काम गरे अब बाँकि रहेको उमेर अर्घाखाँची जिल्लाका जनताको लागि बाच्नेछु। अवको मेरो उमेर राष्ट्रका लागि हुनेछ। गाउँ गाउँमा उद्योगको स्थापना गरि जनतालाई आत्मनिर्भर बनाउने, पर्यटकीय क्षेत्रको बिकास गर्ने, स्वास्थ, शिक्षा, कृषिलगायत सडकलगायत बिकासका पूर्वाधारको स्तरोन्नतिका लागि, राजनितीको चपेटामा परेका जनताको हितका लागि, जनप्रतिनिधिले इमानदारीताका साथ काम गर्दा देश साँच्चै चम्कन्छ भन्ने बिस्वाश दिलाउनको लागि बाँकी जीवन राष्ट्रलाई भन्ने स्लोगनसहित अर्घाखाँचीका जनताको मन जितेर काम गर्ने अठोट सँगै राजनीतिमा होमिएको छु। मलाई बिस्वास छ अर्घाखाँचीका जनताले परिवर्तन खोजिरहेका छन्। काठमाण्डौका नागरिकले जस्तै सचेत भएर कसैको प्रलोभनमा नपरी निर्धक्क भएर भोट गर्नुहुने छ भन्नेमा म बिश्वस्त छु ।

अन्त्यमा दुर्गा बन्जाडेले देशैभरी राजनीतिक दलहरुलाई जनताले चाहे देशमा परिबर्तन हुन समय नलाग्ने बिषय स्मरण गराउँदै देशैभर स्वतन्त्र उम्मेद्वार युवाहरुको आवश्यकता रहेको समेत जानकारी दिनुभयो।