इटहरी/ इटहरी अस्पतालबाट मात्र हुँदै आएको बिमा रेफर अव इटहरीका ४वटा स्वास्थ्य चौकीबाट पनि हुने भएको छ। इटहरीको नवनिर्वाचित कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

इटहरी उपमहानगरपालिकाको नगर कार्यपालिकाको पहिलो बैठकले स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बिमा रेफर गर्ने व्यवस्था मिलाएको हो। इटहरी अस्पतालमा बिमा रेफर लिन आउने सेवाग्राहीले अति भिडभाड भएका कारण सास्ती पाउने गरेका थिए।

यो सेवालाई सहज बनाउन इटहरीबासीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरपछि यस्तो निर्णय आएको हो। इटहरी अस्पतालमा बिरामीको रेफर लिन झण्डै ५ घण्टासम्म लाइन लाग्नुपर्ने बाध्यता थियो।

इटहरी अस्पतालले ति स्वास्थ्य चौकीलाई बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। bima

-बिराट समाचार