केराबारी/ २१९.८३ वर्ग किलोमिटरमा फैलिएको केराबारी गाउँपालिकाको जनसंख्या ३४हजार ७ सय २५जना छ। क्षेत्रफलको आधारमा मोरङ जिल्लाकै सबैभन्दा ठूलो र धेरै (१० वटा ) वडा भएको गाउँपालिका हो। महाभारत पहाड, चुरे भावर तथा समथर भूभागमा अवस्थित केराबारी प्राकृतिक श्रोतले भरिपूर्ण छ।

अति मनोरम, बाह्रै महिना जाडो हुने उच्च पहाडी भूभाग, सूर्योदय तथा सूर्यास्त हेर्न सकिने जेफाले र ध्वजे डाँडा, लाली गुराँस फुल्ने पाखाहरु, धानका बाला झुल्ने हरियाली उर्वर तराईका फाँटहरु, सिमसार, झर्ना, खोला, गुफा, घना जङ्गल तथा जैविक विविधताले सिँगारिएको केराबारी गाउँपालिकामा विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक, सामाजिक, साँस्कृतिक, धार्मिक संघ-संस्थाहरु तथा ऊर्जाशील युवा जनशक्ति विकासको सम्भावना बोकेर कुशल नेतृत्वको पर्खाइमा छ।

अधिकार सम्पन्न स्थानीय तहको दोश्र्रो निर्वाचनमा नेकपा (एमाले) बहुमतका साथ केराबारी गाउँपालिकामा निर्वाचित भए उपयुक्त अवसर तथा चूनौतीहरुको बीचबाट विकासका सम्भावनाहरुको खोजी गर्दै सभ्य, सुन्दर र सम्मृद्घ केराबारी निर्माण गर्ने प्रतिबद्घ रहेको जनाएको छ।

भौतिक पूर्वाधार विकास तर्फका प्रतिबद्दताहरु :
केराबारी गाउँपालिकालाई सुव्यवस्थित, सुन्दर र सम्बृद्व गाउँपालिकाको रुपमा विकसित गर्न नेपालको भुउपयोग सम्बन्धी ऐनको कार्यान्वयन गर्दै केराबारी गाउँपालिकाको भूगोलको विशेषता अनुसार बसोबास क्षेत्र, प्रशासनिक तथा ब्यापारिक क्षेत्र, औद्योगिक क्षेत्र, खाद्य बाली उत्पादन तथा कृषि प्रविधि क्षेत्र, नगदे बाली उत्पादन तथा पशुपालन क्षेत्र आदिमा भूगोललाई वर्गीकरण गर्ने एमाले प्रतिबद्द छ।

निर्माणधीन पालिका भबनलाई पूर्णता दिएर सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने, निर्माण गर्न बाँकी रहेका वडा कार्यालय निर्माण तथा व्यवस्थापन गर्दै लान,

राष्ट्रिय योजना अन्तर्गतको खोर्साने– केराबारी–भोगटेनी– सिंहदेवी मोटर बाटोे निर्माणलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइने र यस सडकलाई कालोपत्रे गर्ने बिषयलाई केन्द्र तथा प्रदेश सरकारसँग गरिने समन्वयलाई निरन्तरता दिन,

निर्माणाधीन संघीय, प्रदेश तथा स्थानीय पालिकाबाट शुरु गरिएका सडकहरुको पूर्णता दिन,

सांसद् कोषमार्फत निर्माणाधिन केराबारी–मुगु–लामीटार–फेदी–पाटीगाउँ हुँदै राजारानी जोड्ने मोटरबाटो निर्माण पूरा गर्ने र निर्माण भईसकेको ठाउँमा स्तरोन्नति गरी बाह्रै महिना यातायात आवगमन योग्य बनाउन,

केराबारी ५को वडा कार्यालयदेखि चिउरीभञ्ज्याङ हँुदै ओख्रे जोड्ने सडकलाई स्तरोन्नत गर्दै बर्षैभरि नियमित आवागमन हुनसक्ने गरी स्तरोन्नती गर्न,

केराबारी ७ मुगु चोक–नर्कटे–खोलाघारी हुँदै चिउरीभञ्ज्याङ जोड्ने सडक स्तरोन्नती गर्न,

केराबारी बजार–देवीझोडा–लालभित्ति मोटरबाटो तथा केराबारी बजार–भलुवा– बेलचौरी–बेलबारी मोटरबाटो क्रमशः स्तरोन्नति तथा कालोपत्रे गर्न,

बेलचौरीको तुर्के खोलाको निर्माणाधिन पुललाई अविलम्ब सम्पन्न गर्नुका साथै देवीझोडा सिरानदेखि खयरघारी जोड्ने मोटर बाटोलाई स्तरोन्नति एवं कालोपत्रे गर्दै बीचमा रहेको हचुवा (लोहन्द्रा) खोलामा पक्की पुल निर्माणका लागि जोड दिन,

केराबारी ८स्थित हजारविघा सामुदायिक बन क्षेत्रको सिमानामा रहेको सीतल मार्गको स्तरोन्नती तथा केराबारी ३,फलैंचा चोकदेखि प्रणामीटोल हुँदै मच्छिद्र होस्टल सम्मको बाटो कालोपत्रे गर्न,

खदम खोलाको निर्माणाधीन पक्की पुल, झोलूगें पुल यथासिघ्र सम्पन्न गर्न पहल गर्नुका साथै केराबारी ४ र १ जोड्ने फाकफोक खोला र केराबारी १ र ३ जोड्ने खदम खोलामा तथा ठुलो राङ्चा र बिमिरे जोड्ने डाले खोला सिरानमा पक्की पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्न,

केराबारी ९को भुगोल, जनसंख्या र सेवा प्रवाहको आधारमा अपायक र अपर्याप्त रहेकोले यस वडालाई दुई वडामा विभाजन गर्ने साथै वडा नम्बर ३को पनि भौगोलिक विभाजन अपायक र अब्यवहारिक देखिएकोले अन्य पायक वडासँग समायोजन गर्न पहल गर्न,

पालिकाका सबै वडाहरुमा कम्तिमा १ ज्येष्ठ नागरिक विश्राम चौतारी निर्माण गर्न,

गाउँपालिका भित्र बनाइने सम्पूर्ण भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक क्षमता युक्त, बालबालिका तथा अपांङता मैत्री बनाउन,

(नेकपा एमाले प्रचार प्रसार कमिटिद्वारा उत्पादित सामाग्री)