सुन्दरहरैँचा/ नेपाली कांग्रेसको १४औँ महाधिबेशनको क्रममा मोरङ्गको सुन्दरहरैँचा नगर कार्यसमितिमा कोईराला पक्षले एकछत्र जित निकालेको छ। नगर कार्यसमितिमा देउवा पक्षका एकजना उम्मेद्वार सर्बसम्मत भएपनि बाँकी सबै पदमा कोईराला पक्षले एकछत्र जित निकालेको हो।

शनिबार भएको सुन्दरहरैँचा नगर कार्यसमितिको निर्वाचनमा कांग्रेस सभापतिको उम्मेद्वारको रुपमा कोइराला पक्षका भक्तिप्रसाद सिटौला र देउवा पक्षका महेन्द्र धिमाल उम्मेद्वार रहनुभएको थियो। सार्वजनिक मत परिणाम अनुसार सिटौलाले देउवा पक्षीय धिमाललाई १०२ मतको फराकिलो मतान्तरले पराजित गर्दै नगर सभापतिमा बिजयी हुनुभएको छ। सिटौलाले १६९मत प्राप्त गर्दा धिमालले ६७ मत मात्रै प्राप्त गर्नुभयो।

यस्तै नगर समितिको उपसभापतिमा रञ्जित कार्की १४८मत प्राप्त गर्दै बिजयी हुँदा शिवनारायण चौधरी पनि १५२ मत प्राप्त गर्दै बिजयी भएका छन्। उपसभापतिका देउवा पक्षीय अशेश्वर पेश्करले ६५मत र विन्दा दाहाल(थापा) ले ८९मत प्राप्त गरेका छन्।

यसैगरी सचिवमा होमनाथ पोखरेलले १६८ मत प्राप्त गर्दै बिजयी हुँदा सचिवका अर्का उम्मेद्वार दिलिप थापाले १३३मत ल्याएर निर्वाचित भएका छन्। सचिव पदमा देउवा पक्षीय उम्मेद्वार लक्ष्मी केसी(दाहाल)ले ५१ मत र सुमन ढकालले ९६मत प्राप्त गरेका छन्। त्यस्तै सहसचिवमा होमबहादुर थापा(मिराज) र देउवा पक्षीय टेकराज तिम्सिना सर्वसम्मत भएका छन्।

यस्तै नगर सदस्य पदका लागि वडा नम्बर १ बाट ओमप्रकाश खवास, दिल बहादुर श्रेष्ठ र महिला सदस्यमा कमला खड्का निर्बिरोध निर्वाचित हुनुभएको छ। यस्तै वडा नम्बर २ बाट नगर सदस्य पदमा केदार प्रसाद कोइराला १६४ मत र इन्तलाल फौदार १५९ मतका साथ बिजयी हुनुभएको छ भने महिला सदस्यमा शान्ति कुमारी खवास १५०मत ल्याएर निर्वाचित हुनुभएको छ।

त्यस्तै वडा नम्बर ३ बाट नगर सदस्य पदमा १६४ मतका साथ हरि पराजुली र १५७ मतका साथ पप्पु साह निर्वाचित हुँदा महिला सदस्य पदमा १५४ मतका साथ टिका गिरी निर्वाचित हुनुभएको छ। यस्तै वडानम्बर ४ बाट नगर सदस्य पदमा राजकुमार सुवेदी १५५ मतका साथ निर्वाचित हुँदा १५६ मतले सुवास भट्टराई निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा १५४ मतका साथ कमला ओझा निर्वाचित हुनुभएको छ।

यस्तै वडा नम्बर ५ बाट नगर सदस्य पदमा हिमालजंग शाही १५४ मतका साथ बिजयी हुँदा १५६ मतका साथ बजरमणी राई अनि महिला सदस्यमा १४७ मतका साथ मिना कुमारी शाह निर्वाचित हुनुभएको छ।

त्यस्तै वडा नम्बर ६ बाट नगर सदस्य पदमा पेशल पोखेल र नारायण श्रेष्ठ निर्बिरोध निर्वाचित हुँदा महिला सदस्यमा १४५ मत ल्याउँदै पुन्यमाया तामाङ निर्वाचित हुनुभएको छ। यसैगरी वडा नम्बर ७ बाट नगर सदस्य पदमा मन बहादुर कार्की १६२ मतका साथ निर्वाचित हुँदा १५१ मतका साथ टिकाराम दाहाल अनि महिला सदस्य पदमा गम्बीता चौधरी १५६ मतका साथ निर्वाचित हुनुहुन्छ। त्यसैगरी वडा नम्बर ८ बाट नगर सदस्य पदमा १५३ मतका साथ लक्ष्मी प्रसाद खरेल र १४६ मतका साथ शम्भु थापा(उद्वव) अनि महिला सदस्य पदमा १४८ मतका साथ तारा पौडेल निर्वाचित हुनुभएको छ।

यस्तै वडा नम्बर ९ बाट नगर सदस्य पदमा तेज बहादुर कार्की(राजु) १६५ मतका साथ बिजयी हुँदा र सुभा प्रसाद श्रेष्ठ १५३ मतका साथ बिजयी हुनुभयो। अनि महिला सदस्य पदमा उमा राउत निर्बिरोध निर्वाचित हुनुभएको छ। त्यस्तै वडा नम्बर १० बाट नगर सदस्य पदमा तिर्थ के.सी.१४८ मतका साथ बिजयी हुँदा र १५७ मतका साथ लोकनाथ खरेल अनि महिला सदस्यमा टिकादेवी पाँच मगर १६१ मत ल्याएर निर्वाचित हुनुभएको छ।

यसैगरी वडा नम्बर ११ बाट नगर सदस्य पदमा रोहिणी कोइराला १५६ मतका साथ बिजयी हुँदा र १५९ मतका साथ शंकर बजगाई निर्वाचित हुनुभयो भने महिला सदस्य पदमा अस्मिता बास्तोला निर्बिरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी वडा नम्बर १२ बाट नगर सदस्य पदमा १६३ मत ल्याएर अर्जुन कार्की र १६२ मत ल्याएर राजकुमार फुयाल अनि महिला सदस्य पदमा १५६ मत ल्याएर लिला बिमली निर्वाचित हुनुभयो।

यस्तै थारु महिला सदस्यमा झालवाली चौधरी निर्विरोध निर्वाचित हुँदा थारु खुल्ला सदस्यमा सागर चौधरी र हरिचरण चौधरीपनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी मधेसी खुल्ला सदस्यमा १५४ मतका साथ फकिर केवरत बिजयी हुँदा खस आर्य महिलाबाट नगर सदस्यमा १५६ मतका साथ ओम कुमारी बानिँया, १६७ मतका साथ मन्दिरा थापा, १४३ मतका साथ रमादेवी लुईटेल, १५४ मतका साथ लक्ष्मी लक्ष्मी भण्डारी र १५६ मतका साथ शान्ति देवी काफ्ले निर्वाचित भएका छन्।

त्यसैगरी खस आर्य समुहबाट खुला नगर सदस्यमा १५६ मतका साथ कमल पोखेल, १५६ मतका साथ नै तेज प्रसाद सिटौला, १४६ मतका साथ पर्शुराम गुरागाँई, १४६ मतका साथ भिम प्रसाद दाहाल र १४९मतका साथ राजेन्द्र राउत निर्वाचित भएका छन्।

मुस्लिम समुदायबाट १५५ मतका साथ खुरसेन मन्सुरी बिजयी हुँदा १५६ मतका साथ दलित महिला नगर सदस्यमा मन्दिरा बिक निर्वाचित भएका छन्। यसैगरी दलित खुल्ला नगर सदस्यमा १४० मतका साथ रत्नबहादुर नेपाली बिजयी हुँदा आदिवासी जनजाती खुला तर्फबाट नन्द कुमार माझि १५९ मतका साथ, पदम बहादुर देवान १५८मतका साथ, ररोहित लिम्बु १७५ मतका साथ र सुमन राई १७१ मतका साथ बिजयी भएका छन्।

शनिबार सार्वजनिक भएको मतपरिणामबाट सुन्दरहरैँचा नगरपालिकामा देउवा पक्षबाट सहसचिवका उम्मेद्वार टेकराज तिम्सिना सर्वसम्मत भएपछि देउवा पक्षले जिलो जोगाउन पाएको छ। कोईराला पक्षीय राजनकुमार बास्तोलाको उम्मेद्वारी बद्दर भएपछि देउवा पक्षका तिम्सिनाले जिलो जोगाउन पाएका हुन्।

भिडियो पनि हेर्नुस :