सुन्दरहरैँचा/ नेपाली कांग्रेस यतिबेला महाधिबेशनको क्रममा छ । नेपाली कांग्रेसको वडा अधिबेशन भईरहेको हो।

यसैक्रममा देशका बिभिन्न ठाउँहरुमा अधिबेशन भईसकेको छ भने कतिपय ठाउँहरुमा अधिबेशन हुन बाँकी नै रहेको छ। यस्तै मोरङ्गमा भने केहि समयमा नै अधिबेशन हुने भएको छ।

आसन्न १४औ महाधिवेशनमा मोरङ जिल्लामा पनि बिभिन्न क्षेत्रबाट बिभिन्न युवा जमातले उम्मेद्वारी घोषणा गरिरहेका छन्। यसै सन्दर्भमा मोरङ्ग क्षेत्र नं ६मा क्षेत्रिय सभापतीको उम्मेद्वारको रुपमा यूवा समाजसेवी देवराज तामाङ्गले पनि उम्मेद्वारी दिनुभएको छ ।

कुशल राजनितीज्ञ युवा माझ अत्यन्तै लोकप्रिय देबराज तामाङले आफ्नो पाटी आबद्व मात्र हैन अरु पाटिमा आस्था राख्ने युवाहरुलाई उत्तिकै साथ र सहयोग गर्नुहुन्छ।

अरु पाटीका यूवा एवं सबै बर्गमा सुपरिचित तामाङ्गले आसन्न महाधिबेशनमा मोरङ्ग क्षेत्र नम्बर ६बाट प्रतिनिधि चुनिएर अझ शशक्त रुपमा सेवा गर्न चाहनुभएको छ।

यसर्थ उहाँले क्षेत्रिय सभापतिमा आँफुलाई अत्याधिक मत दिएर बिजय गराउन मोरङ क्षेत्र नं ६का क्षेत्रिय प्रतिनिधिहरूमा आग्रह गर्नुभएको छ ।