सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा १०मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटपाटको असफल प्रयास गर्ने समुहलाई पक्राउ गर्ने प्रहरीहरुलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान गरेको छ। यहि श्रावण १गते शिव पञ्चायन ज्वेलर्समा स्वचालित हतियारसहित लुटपाट गर्ने खोज्ने समूहलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल प्रहरीहरुलाई नगरपालिकाले सम्मान गरेको हो। rrrr

सुन्दरहरैँचा नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी सुनपसल लुट्न खोज्ने समूहलाई पक्राउ गर्ने प्रहरीहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआइजी अरुणकुमार बिसी, मोरङका एसपी जनार्दन जिसी, लुटेरा समूहको खोजिमा अनुसन्धानको नेतृत्व गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल, प्रहरी नायब निरीक्षक दुर्गा पोमु र प्रहरी जवान हेम तामाङ्गलाई नगरपालिकाले सम्मान गरेको हो। qqqq

सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णबहादुर घिमिरेलगायत जनप्रतिनिधिहरुले नगद जनहि पाँच हजारसहित सम्मानित गर्नुभएको थियो। ssss

सम्मान कार्यक्रममा डिआइजी अरुणकुमार बिसीले पछिल्ला घटनाक्रमले प्रविधियुक्त अपराध हुन थालेको बताउँदै त्यस्ता अपराधको नियन्त्रण तथा अनुसन्धान गर्न प्रहरी समक्ष रहेको बताउनुभयो। प्रविधिलाई माध्यम बनाएर गरिने अपराधलाई रोक्न प्रहरीसँगै नागरिक पनि सचेत हुनुपर्ने अवस्था आएको बिसीको भनाई छ। jpge