इटहरी/ शनिबार इटहरीमा भएको रक्तदान कार्यक्रममा ८४ प्रिन्ट रगत संकलन भएको छ। इलाका प्रहरी कार्यालय इटहरी अगाडी रक्तदान कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रम होटल ब्यवसायी संघ इटहरी, जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी र समुदाय प्रहरी साझेदारी पालिका समिति इटहरीले रक्तदान कार्यक्रम गरेका हुन्।

IMG_0951
रक्तदान कार्यक्रममा रक्तदाता एवं कार्यक्रम आयोजक/ तस्विर : पूर्वीखबर

पछिल्लो समय कोरोना भाईरसको संक्रमणका कारण रगतको अभावले मानव जीवनलाई आच्छु आच्छु बनाएको बेला आँफुहरुले रगतको अभाव टरोस भनेर रक्तदान कार्यक्रम सञ्चालन गरेको होटल ब्यवसायी संघ इटहरीका उपाध्यक्ष एवं शनिबारको रक्तदान कार्यक्रमका संयोजक प्रकाश महतोले जानकारी दिनुभयो।

यस्तै होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले ब्यवसायीले ब्यवसायमा मात्र ‘अर्जुन दृष्टि’ नलगाउने भन्दै समाजमा पनि ‘अर्जुन दृष्टि’ लगाउने हुँदा रगत अभावमा आँफुहरुको ‘अर्जुन दृष्टि’ परेको बताउनुभयो। उहाँले भन्नुभयो ‘कोरोनाका कारण जनजीवन अस्तब्यस्त छ हामीले हाम्रो तर्फबाट रक्तदान कार्यक्रम गरेर समाजका लागि सानो भएपनि सहयोग पुर्‍याएका मात्र हौँ’।