सुनसरी/ सामान्यतयाः कोरोना लागि सकेपछि स्वस्थ मानिसले बिरामीबाट भौतिक दुरि कायम गर्नुपर्छ साथै अन्य स्वास्थ्य नियम पालना गर्नुपर्दछ। तर बिरामीसँग बोल्नै छोड्ने उसलाई हौसला नै दिन छाड्ने प्रबृत्तिका कारण बिरामीमा थप मानसिक असर परेको देखिन्छ।

मानिसलाई त्यो असर नपरोस भनेर सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटल प्रा.लि.ले अहिले घर घरमा गएर बिरामीको अक्सिजन लेभल नाप्ने र आबश्यक सबै स्वास्थ्य परामर्श दिन थालिसकेपछि अहिले इटहरी २ का ९० प्रतिशत पुराना बिरामीहरु ठिक भईसकेका छन् भने आज सोमबार पनि २० घरमा ५५जना नयाँ बिरामीहरुलाई पनि सोही अनुसार परामर्श दिईएको छ। bedannta

१० दिन अगाडि गम्भिर बिरामी भएकाहरु अहिले बारि तिर सामान्य काम गरिरहेको भेटाएको र सकारात्मक परिबर्तन आएको बेदान्त हस्पिटलका इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

इटहरी २ का नेपाली कांग्रेस वडा सभापति दिपेन्द्र घिमिरे र अन्य यूवाले यस काममा सहयोग गरिरहेको र बेदान्त हस्पिटल इटहरीले सम्पुर्ण प्राबिधिक सहयोग गरिरहेको हस्पिटल सञ्चालक श्रेष्ठको भनाई छ।

अन्य कुनै वाडबाट सम्पर्क गरे त्यस ठाउँमा गएर बिरामी हेरिदिने र आर्थिक कमजोरी भएको भए निःशुल्क औषधी र अक्सिजन ब्यबस्थापन गरिदिने वेदान्त हस्पिटल सञ्चालक श्रेष्ठले बताउनुभयो।

बिरामीले दिएको प्रतिकृया :