सुनसरी/ इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका इटहरीबासीको घर घरमा पुग्नुभएको छ। प्रमुख चौधरी आईतबार बिहान ३वटा वडाका संक्रमितहरुका घरमा पुग्नुभएको हो।

इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स बिनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका बिशाल दाहालसहित संक्रमितहरुलाई भेट्न पुग्नुभएको हो। korona news 1

भेटघाटका क्रममा संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा प्रमुख चौधरीले जानकारी लिनुभयो। उहाँले उपमहानगर जनताको साथमा रहेको बताउनुभयो। संक्रमितहरुलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका छन्। टोलीले होम आइसोलेसनमा बस्दा पुर्‍याउनुपर्ने सावधानीको बारेमा जानकारी दिएको छ। korona news 2

स्वास्थ्यकर्मीहरुको टोलीसहित नगरप्रमुख घरमै आइपुग्दा आधा बिराम निको भएको संक्रमितहरुले प्रतिक्रिया दिएका छन्। समस्या परेको बेला स्थानीय सरकार घरमै आउँदा उपमहानगर जनताप्रति उत्तरदायी रहेको पाएको उहाँहरुको भनाई छ।