केराबारी/ पुरानो जनप्रतिनिधी तेजकुमारी पूर्वछाने मगरको बिहिबार बिहान निधन भएको छ। २०५४ सालमा तत्कालिन केराबारी गाबिस वडा नम्बर ६मा निर्वाचित मगरको ८४ बर्षको उमेरमा निधन भएको हो।

सो समयमा केराबारी गाबिसमा सिंगो एमाले निर्वाचित हुँदा वडा नम्बर ६मा मात्र नेपाली कांग्रेसले वडाअध्यक्ष जितेको थियो। सो समयमा उहाँ केराबारी ६ मा नेकपा एमालेको तर्फबाट महिला सदस्य पदमा निर्वाचित हुनुभएको थियो।

मुटुरोगबाट ग्रसित मगरको उपचारका क्रममा बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको उहाँका साहिला छोरा पूर्णप्रकाश पूर्वछाने मगरले बताउनुभयो।

मुटुरोगका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिराटनगर जानुभएकी मगरको पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

मृतक मगरको केराबारीस्थित खदम खोलामा अन्तेष्टी गरिने छोरा पूर्णप्रकाशले बताउनुभयो। tej mum