इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले बुधबार बिभिन्न अपराध कर्ममा संलग्नहरुलाई सार्वजनिक गर्‍यो। ती मध्य एकजना यूवतिपनि थिईन।

पूर्वी खवरकर्मीलाई त पहिला थुनुवा राख्ने स्थान नजिकै देख्दा लाग्यो, थुनुवा भेट्न आएकी कुनै यूवति होलिन तर प्रहरीले अपराध कर्ममा संलग्नलाई सार्वजनिक गर्न लगिएको ठाउँमा सँगै देखिईन।

त्यसपछि पूर्वी खबरकर्मीले ति यूवतिले चाँही के गरिछन् भन्ने कौतुहलता जाग्यो र अनि सोध्दा पो थाहा भयो चोरीमा संलग्न रहिछन्।

के चोरिन ति यूवतिले ?
इटहरी ५ कि २४ बर्षीया रेनुका राईलाई नेपाल टेलिकमको एक हजार दुई सय पेयरको केवल काट्दै गरेको अवस्थामा इटहरी प्रहरीले पक्राउ गरेको हो। राईसहित इटही ५ कै ३१ बर्षीय ईश्वर लिम्बुपनि पक्राउ परेका हुन्।

उनिहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको इटहरी खण्डको खेति खोलामा टेलिकमको केवल काट्दै गरेको बेला पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय इटहहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसिले रेनुका र ईश्वरलाई एक हजार दुई सय पेयरको टेलिकमको केवल काट्दै गरेको अवस्थामा चैत्र ९ गते पक्राउ गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो।

उनिहरुले तार चोर्न प्रयोग गरेको बन्चरो छिनो र हेक्सो ब्लेड पनि बरामद गरेर सार्वजनिक गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखेर चोरी मुद्दामा अनुसन्धान शुरु गरेको प्रनाउ केसिले बताउनुभयो।