बिराटनगर/ प्रदेश १ कि नवनियुक्त सामाजिक बिकास मन्त्री उषाकला राईले पदभार ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर मन्त्रि राईले पदभार ग्रहण गर्नुभएको हो।

मन्त्री राईले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताउनुभयो। उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उहाँको भनाई छ। मन्त्रि राईले भन्नुभयो,‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन।’ जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने मन्त्री राईले बताउनुभयो।

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा उहाँले फरक तरिकाले काम गर्ने सोच भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ केही नयाँ काम गरौं।’ कोरोना संक्रमण पुन ः बढ्न शुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न उहाँले आग्रह गर्नुभयो। Photo 3

उहाँले अस्पतालहरुमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाईमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो। उहाँले धेरै कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयलाई प्रदेश १ कै उत्कृष्ठ मन्त्रालयका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्ति लगायतका बारेमा जानकारी गराउनु भएको थियो।