इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले दुईजनालाई सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर चोरी मुद्दामा सजाय पाएका इटहरी १का दुईजनालाई सार्वजनिक गरेको हो।

सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा जनहि १ महिना कैद र जनही ६ हजार रुपैँया जरिवाना तोकिएका इटहरी १ का यूवराज चौधरी र सञ्जिव माझीलाई नियन्त्रणमा लिएर शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो।

चौधरी र माझीले २०७२ साल जेठ ३ गते चोरी गरेको र सो मुद्दामा सुनसरी जिल्ला अदालतले जनहि १ महिना कैद र जनही ६ हजार रुपैँया जरिवाना तोकेको थियो। उनिहरु हालसम्म फरार थिए।

पक्राउ परेका माझी र चौधरीलाई जिल्ला अदालत सुनसरीमा पेश गरेर कैद एवं जरिवाना भुक्तानका लागि झुम्का कारागार चलान गरिएको इटहरी प्रहरीका प्रवक्ता प्रहरी निरिक्षक केशव कटवालले जानकारी दिनुभयो।