काठमाण्डाै/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सुरुदेखि नै काम गर्न अफ्ठ्यारो भएको बताउनुभएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूलाई सुरुदेखि नै काम गर्न अफ्ठ्यारोमा  पारेको बताउनुभयो।

सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको उहाँले गुनासो गर्नुभयो। उहाँले आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको बताउनुभयो।

सार्वजनिक काममा अवरोध गरी विकासका कार्यक्रममा अड्चन गरेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका केही साथीहरूले सहयोगको साटो अलमलमा पारिदिने काम गरेको बताउनुभयो। 

-उज्यालो अनलाईनबाट