केराबारी/ इलाका प्रहरी कार्यालय केराबारीले ६७ वटा गोरु बरामद गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। प्रहरीले मंगलबार बिहान ७ बजेतिर मोरङ केराबारी गाउँपालिका वडा नम्बर ५ सतिसालेबाट गोरु बरामद गरेको हो।

स्थानीयबासीले गोरु लोड गरेको ट्रक छ भन्ने खबर गरेपछि इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा ना.६ ख.६१३२,ना.६ ख.९७३४ र ना.५ ख.७७५७ नम्बरको ट्रकमा लोड गरेको ६७ वटा गोरु फेला पारेको हो।

प्रहरीले अनुसन्धानको क्रममा ति गोरु सिन्धुपाल्चोक घर भएको ठेकेदार बिश्व बस्नेत भएको बुझिएको र बस्नेतले केराबारी गाउँपालिका वडा नम्बर ८का डोर बहादुर बिकलगायत ९ जनाको ब्यवसाय गर्दाको रकम समेत नदिएको पनि खुल्न आएको जनाएको छ।

प्रहरीले ट्रक, चालक र गोरु नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएर आवश्यक अनुसन्धान पछि कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ।