इटहरी/ सिद्घार्थ यूवा समुह इटहरी ३ ले आयोजना गरेको दिलेन्द्र राई स्मृति तेश्रो सिद्घार्थ नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल गाईघाट फुटबल क्लव उदयपुरले जितेको छ। उदयपुरले नक्सलबारी फुटबल क्लव बेलबारी १लाई ट्राईब्रेकरमा हराएको हो।

ट्राईब्रेकरमा गाईघाट फुटबल क्लवले नक्सलबारीलाई ४–३ ले जितेको हो। गाईघाटका तर्फबाट जर्सी नम्बर ११का सुनिल खड्का, जर्सी नम्बर ८का नवल तामाङ, टिम क्याप्टेन समेत रहेका जर्सी नम्बर ४का लक्ष्मीप्रसाल पञ्जियार र जर्सी नम्बर ७ का सरद राईले गोल गरेका थिए भने जर्सी नम्बर २ का मनोज राईले हानेको बल नक्सलबारी फुटबल क्लवका गोलकिपर किशोर गिरीले रोकेका थिए। IMG_9014

यस्तै पराजित टिमको तर्फबाट जर्सी नम्बर ३२का निरज बस्नेत, जर्सी नम्बर २०का मिखेन तामाङ र जर्सी नम्बर २३का साईमन लिम्बुले गोल गरेका थिए भने जर्सी नम्बर ११का निशान लिम्बु र जर्सी नम्बर १८ का अभिशेक लिम्बुले हानेको बल गाईघाटका गोलकिपर प्रज्वल शेर्पाले रोकेका थिए।

पहिलो हापमा १–१ को बराबरी खेलेका दुवै समुहले दोश्रो हापमा कुनै गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो। पहिलो हापको १० औँ मिनेटमा गाईघाट फुटबल क्लवका जर्सी नम्बर ११का सुनिल खड्काले गोल गर्दै खेलको खाता खोलेका थिए।  IMG_9023

यसैगरी पहिलो हापको २७ औँ मिनेटमा नक्सलबारी फुटबल क्लवका जर्सी नम्बर १०का शेखर लिम्बुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। आजको खेलको म्यान अफ द म्याच गाईघाटका जर्सी नम्बर ११का खेलाडी सञ्जिव खड्का घोषित भएका छन्।

माघ ३० गते तामाङ समुदायको ल्होछार पर्वको अवसरमा समापन हुने प्रतियोगिता प्रदेश नम्बर १का मोरङ्ग, सुनसरी, झापा, उदयपुर र तेह्रथुमका फुटबल क्लवहरुको सहभागिता रहेको छ।

शनिबारको खेल इटहरी फुटबल क्लव सुनसरी र हिमाल युनाईटेड मोरङ्गका बीच हुने आयोजकले जनाएको छ।

यसअघि दुईवटा सँस्करणमा प्रतियोगिता गरिसकेको आयोजकले यो सँस्करण भने क्लवका खेलाडी दिलेन्द्र राईको स्मृतिमा सञ्चालन गरेको हो। प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र साथै द्वितीय हुनेले ३१ हजार रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। IMG_8993

प्रतियोगितालाई उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा तालतलैया फुटबल एकेडेकीका अध्यक्ष उमेश सुवेदीलगायतले बोलेका थिए। IMG_8991