बिराटनगर/ प्रहरीले झापाको बिर्तामोड, अर्जुनधारा र मोरङ्गको बिराटनगरबाट पाँचजनालाई नियन्त्रणमा लिएको छ। बिर्तामोड ४ भद्रपुर रोड र बिर्तामोड ६ बुटाबारी एरियाबाट तीनजना, अर्जुनधाराबाट एकजना र बिराटनगरबाट एकजनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले १२ ग्राम ब्राउनसुगरसहित भद्रपुर रोडबाट झापा गाँउपालिका ५ शरणामतीका ३० बर्षीय मिलन राजवंशीलाई पक्राउ गरेको छ। यसैगरी बुटाबारीबाट बिर्तामोड ६ का २० बर्षीय सुनिल राई र बिर्तामोड ७ का २३बर्षीय रुपेश गुरुङलाई ७ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

बिशेष सुराकका आधारमा उनिहरु तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको हो।

यस्तै आईतबार नै अर्जुनधारा ९मगर चोकबाट १ किलो २सय ग्राम गाँजासहित बुद्धशान्ती १ का ५३बर्षीय लक्ष्मीप्रसाद खतिवडालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यसैगरी बिराटनगर १५स्थित सिमा एरियाबाट भारत अररिया जोगवनी १०का १७ बर्षीय कालु कुमार शर्मा पक्राउ परेका छन्। शर्मालाई आईतबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET-७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-५ बोतलसहित पक्राउ गरेको हो।

लागुऔषधसहित पक्राउ परेका पाँचैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।