सुनसरी/ कुलतमा फसेकाहरुलाई उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले इटहरीमा हेल्पिङ हेन्ड क्लबको स्थापना भएको छ। निःशुल्क उपचार गराइदिने उद्देश्यले इटहरीका राजेश राईको नेतृत्वमा हेल्पिङ हेन्ड क्लबको स्थापना भएको हो।

शुक्रवार इटहरी उपमहानगरपालिका ५ हलगडामा कार्यक्रम गरी क्लबको बिधिवत् स्थापना गरिएको हो। क्लबको बरिष्ठ उपाध्यक्षमा अजय राई चयन भएका छन्। बाँकी पदाधिकारीहरूको छनौट सिघ्रादिसिघ्र हुने जनाइएको छ। anti drugs

क्लबका अध्यक्ष राजेश राईले लागुऔषध दुब्र्यसनमा फसेर रिहाब सेन्टर बस्दाको अनुभवलाई व्यवहारमा उतार्न क्लबको स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले क्लबले यो वर्ष २१ जनालाई बिराटनगर र इटहरीमा रहको रिहाब सेन्टरमा निःशुल्क उपचार गरिदिने जानकारी जानकारी दिनुभयो। राईका अनुसार क्लबको पहलमा आर्थिक अवस्था कम भएका लागूऔषध सेवनकर्तालाई कुलतबाट छुटाउन ३ महिला र १८ जना पुरुषको निःशुल्क उपचार हुन लागेको छ।

क्लब स्थापनाले दुब्र्यसनमा फसेका युवालाई नवजीवन प्रदान गर्नुको साथै इटहरीलाई लागुऔषध मुक्त बनाउने अभियानको शुरुवात भएको क्लबका सल्लाहकार सुजन लामाले जानकारी दिनुभयो। क्लबले अब बिभिन्न कार्यक्रम सञ्चालन गरी दुब्यर्सन बिरुद्ध युवालाई सकारात्मक बाटोमा हिडाउने बताउनुभयो।

क्लबले स्थापनाको अवसरमा रिजवन फेलोसिप बिराटनगरमा पाँचजना पुरुष, नवज्योति सुधार केन्द्र बिराटनगरमा एकजना पुरुष, मुक्ति केन्द्र इटहरीमा एकजना पुरुष, मोक्ष पुनर्जीवन केन्द्र इटहरीमा तीनजना पुरुष, एक नेपाल इटहरीमा तीनजना महिला र तीनजना पुरुष, सहारा पुनर्जीवन केन्द्र इनरुवामा एकजना पुरुष र रक्षा फाउन्डेसन पलकीमा एकजना पुरुषको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।