इटहरी/ इटहरी प्रहरीले चारदिनको अन्तरमा ७ जना पटका कारोबारीलाई नियन्त्रणमा लिएको छ। गएको मंगलबार तीनजना पटका कारोबारी पक्रेको इटहरी प्रहरीले बिहिबार थप चारजनालाई पक्रेको हो।

इटहरी ८ पुष्पलाल चोक पूर्वी गैसार जाने भित्रि सडकखण्डमा प्रतिबन्धित पटका ल्याउदै गरेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको गएको प्रहरी टोलीले बिहिबार राती १० बजे इनरुवा ९का २२बर्षीय सतम अन्सारी, सुनसरीको हरिनगर गाउँपालिका २ का २०बर्षीय दिनेश राम, इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार र इटहरी १२ बस्ने ३२ बर्षीया शान्ता कुमारी चौधरीलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएको हो।

दक्षिणबाट आउदै गरेको को २२ प ३००२ नम्बरको मोटरसाईकलसँगै रहेको को.१ ह ७२६० नम्बरको अटोलाई शंका लागी चेक जाँच गर्ने क्रममा ४वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको पटका फेला परेकोले उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका इनरुवा ९का २२ बर्षीय अन्सारीले मोटरसाईकल चलाएका थिए भने हरिनगर २ का २० बर्षीय राम मोटरसाईकलको पछाडी सवार थिए। इटहरी १३ का ३०बर्षीय सरदारले अटो चाएका थिए भने इटहरी १२की ३२बर्षीया चौधरी पटका बोकेको अटोमा सवार थिईन।

पक्राउ परेकाहरुलाई बिष्पोटक पदार्थ सम्बन्धि कसूरमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो।

र यो पनि : ठुलो परिमाणको पटकासहित इटहरी ८ बाट तीनजना पक्राउ