काठमाण्डौ/ भोली शनिबारदेखी विदेशी च्यानलहरु नेपालमा विज्ञापनरहित प्रशारण हुने भएका छन। सरकारको नियमित मन्त्रीपरिषदको बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने बताउनुभयो।

सरकारले क्लिन फिड प्रशारण ऐन ल्याएको १ वर्षपछि बल्ल लागु गर्न लागेको हो। क्लिन फिडको ऐन र नियमावली समेत कार्यान्वयनमा आइसकेको सञ्चार मन्त्रालयले जनाएको छ। सरकारका प्रवक्ता मन्त्री गुरुङले आवश्यक तयारी मन्त्रालयले गरेको बताउनुभयो।

यदी सरकारी निर्णयको कसैले उल्लंघन गरेको पाइएमा मन्त्रालयले कानुन बमोजिम कारवाही गरिने मन्त्री गुरुङले बताउनुभयो। विज्ञापनरहित (क्लिनफिड) लागु गरिएकाले त्यसमा सहयोग गर्न मन्त्री गुरुङले आव्हान समेत गर्नुभयो। अव विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले नेपालीमा डविङ गरी प्रशारण गर्न नपाउने व्यवस्था ऐनले गरेको छ।