इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले तास खेलिरहेको ठाउँबाट ९ जना तासेलाई नियन्त्रणमा लिएको छ। इटहरी प्रहरीले सोमबार(हिजो) तास खेलाउने घरधनि सहित ९ जना तासेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पाएको बिशेष सुचनाका आधारमा प्रहरीले लामो समयदेखि निगरानी गर्ने क्रममा इटहरी ८का तास खेलाउने घरधनि रत्न बहादुर अधिकारीसहितलाई नियन्त्रणमा लिएको हो।

अधिकारीको घरको तेश्रो तलाको बैठक कोठामा तास खेल्दै गरेको बेला घरधनि ६२ बर्षीय अधिकारीसहित सोहि ठाउँका ५५ बर्षीय हेरम्ब भट्टराई, ५३ बर्षीय शेखर चौधरी इटहरी ६का ४८बर्षीय महेश बराल, इटहरी ९ का ४५ बर्षीय डिक बहादुर कार्की, इटहरी ८ का ५१बर्षीय रामनाथ हरीजन, सोहि ठाउँका ४६बर्षीय भिम भुजेल, ५६बर्षीय राम बहादुर कार्की र ४९बर्षीय रंगनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनिहरुको साथबाट ३ वुक तास (४पत्तीजोगर समेत राखेका), खाल थापेको नगद बिस हजार तीन सय असी रुपैँया पनि बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध (संहिता) – २०७४ बमोजिम म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिनुभयो।