इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले हर्के भन्ने आदर्श चौधरीलाई पक्राउ गरेको छ। चौधरीलाई इटहरी प्रहरीले असोज २८ गते बुधबार नियन्त्रणमा लिएको हो।

यसकारण प्रहरीले पक्रियो चौधरीलाई
आदर्श चौधरी समेतका ४/५जना ब्यक्तिहरुले २०७४ साल असोज १४ गते बेलुकी साढे ५ बजे तिर इटहरी ८का ३२ बर्षीय बिपिन कार्कीलाई इटहरीस्थित बिजुली अफिस तर्फबाट इटहरी चोकतर्फ जाने क्रममा ग्रिनपिस बोर्डिङ्ग स्कुल अगाडी टाउकोमा खुकुरी प्रहार गरेका थिए।

कार्कीलाई खुकुरी प्रहार गरेर फरार रहेकाहरु मध्येका २६बर्षीय हर्के भन्ने आदर्श चौधरीलाई आफ्नै गाउँ घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेलापारेको हो।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीवाट मुलुकी अपराध (संहिता) ऐन-२०७४ अन्तरगत (ज्यान मार्ने उद्योग)को कसूरमा म्याद लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।