कोभिड- १९ [अपडेट]

कुनै कर्मचारीलाई अहिलेसम्म कोरोना पुष्टि नभएको मेची क्राउनको स्पष्टोक्ती

  • न्युजडेस्क
  • प्रकाशित मिति: आश्विन 27, 2077

धुलाबारी/ प्रदेश नम्बर १ को पहिलो पाँचतारे होटल मेची क्राउनमा कार्यरत कोही पनि कर्मचारीहरुमा अहिलेसम्म कोरोना पुष्टि नभएको जानकारी गराएको छ। मेची क्राउनले मंगलबार बिज्ञप्ती जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो।

मेची क्राउनले जारी गरेको बिज्ञप्तीमा यस होटल र होटलमा पाहुनाको रुपमा आउनुभएका प्रदेश नम्बर १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुसियतको नाम जोडेर कोरोना भाइरसको सन्दर्भमा विभिन्न अनलाइनहरुमा आएका समाचारहरुप्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ। मन्त्री कुसियत तथा उहाँको टोलीका सदस्यहरुमा कोरोना नभएको प्रमाणित भइसकेको छ।

बिज्ञप्तीमा होटलले डब्लु एच ओ तथा नेपाल सरकारले निर्धारण गरेका सम्पूर्ण सुरक्षा गाईडलाइनहरुलाई पूर्ण रुपमा पालना गर्दै अतिथिहरुलाई स्वागत गरिरहेकोले होटल पूर्ण रुपमा सुरक्षित रहेको अनि निर्धक्क भएर सेवा लिन अनुरोध समेत गरेको छ।

जारी बिज्ञप्तीमा पुर्वी नेपालको पर्यटन, होटल व्यवसाय तथा समग्र अर्थतन्त्रको बिकासको लागि ठूलो लगानी र कुशल व्यवस्थापनसँगै होटल मेची क्राउन सञ्चालनमा ल्याएको स्मरण गराउँदै सेवा तथा सुरक्षाको सन्दर्भमा कुनै सम्झौता नगर्नेसमेत दोहोर्‍याउन चाहन्छौं भनिएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved