सुनसरी/  नेपाल प्रेस यूनियन सुनसरीले पहिलो चरणमा ‘पत्रकार फुड बैँक’ मार्फत जिल्लामा कार्यरत ५३जना सञ्चारकर्मीलाई खाद्यान्न बितरण गरेको छ। युनियनले मंगलबार बिज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराएको हो।

युनियनले जारी गेको बिज्ञप्तीमा जिल्लामा रहेका अरु सञ्चारकर्मीहरु अझैपनि समस्यामा परेको भए अवको दोश्रो चरणको कार्यक्रममा सम्बोधन गर्ने प्रतिबद्वता जाहेर गरेको छ।

जारी बिज्ञप्तीमा कोभिड १९ का कारण सञ्चार क्षेत्र पनि अत्यन्तै प्रभावित रहेको र सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु अझ जोखिममा रहेको यस विषम परिस्थितिलाई दृष्टिगत गरी, लकडाउन एव निषेधाज्ञाका कारण अत्यन्तै कठिन परिस्थितिमा रहेका सुनसरी जिल्लाका सञ्चारकर्मीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले एक समिति गठन गरी यस नेपाल प्रेस युनियन सुनसरीले पत्रकार फुडबैक कार्यक्रम सञ्चालन गरेको र सहयोग गर्न सक्ने पत्रकार तथा सञ्चार प्रतिष्ठानबाट प्राप्त गर्ने र संकटमा परेका पत्रकारलाई प्रदान गर्ने यस कार्यक्रमले सुनसरी जिल्लाका ५३ जना सञ्चारकर्मी साथिहरुलाई खाद्यान्न उपलब्ध गराई, पहिलो चरणको पत्रकार फुडबैक कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

बिज्ञप्तीमा कार्यक्रमलाई खुल्ला हृदयले सहयोग गर्ने पत्रकार एवं सञ्चार संस्थाहरु तथा सद्भावनापूर्ण सहयोग स्वीकार गर्ने सञ्चारकर्मीहरुलाई हृदय देखिनै धन्यवाद ज्ञापन गर्दछौ भनिएको छ।

बिज्ञप्तीमा कार्यक्रमलाई दिलो ज्यान लगाएर सफल बनाउने सञ्चारसँग सम्बन्धित बिभिन्न संघ संस्था, पत्रकारहरु तथा कार्यक्रम सञ्चालनमा खटिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछौ भनिएको छ।

uniyan