केराबारी/ मोरङ्गको केराबारीमा भएको एक कार्यक्रममा बिभिन्न पार्टीका यूवा संघ/संगठन त्यागेर १५० जना यूवा राष्ट्रिय यूवा संघ नेपाल प्रवेश गरेका छन्। नव–प्रवेशीहरु शनिबार भएको कार्यक्रममा यूवा संघमा गोलबन्द भएका हुन्।

शनिबार राष्ट्रिय युवा संघ नेपाल केराबारी गाउ संगठनले गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा केरावारी गाउँपालिका वडा नम्बर १०, ३ र ८ बाट बिभिन्न पार्टीमा रहेका करिव १५० जना युवा सम्बधित पार्टी परित्याग गर्दै राष्ट्रिय युवा संघ नेपालमा समाहित भएका यूवा संघ मोरङका सदस्य बिबेक भुजेलले जानकारी दिनुभयो। yuba

यस्तै नवप्रवेसी युवालाई प्रदेश सभा सदस्य उपेन्द्र घिमिरेका साथै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङ जिल्ला सचिवालय सदस्य तथा केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बू(भुजेल) लगायत पार्टिका जिल्ला कमिटी,राष्ट्रिय युवा संघ नेपालका नेताले अबिर लगाई स्वागत गरेका थिए।

नवप्रवेशी युवालाई आगामी दिनहरुमा पार्टिलाई अझ सशक्त ढंगबाट अगाडि बढाउन नेतृत्वले सहयोग गर्ने आश्वासन दिईएको छ।