सर्लाही/ इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीले ८ केजी गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका १ बाट गाँजासहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले सर्लाही जिल्ला हरिवन नगरपालिका २का ३४बर्षीय बिरु लामा सोहि ठाउँका १८ बर्षीय गणेश काफ्ले र १६ बर्षीय बिष्णु भण्डारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायव निरिक्षक प्रबिन भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १ लखनदेही खोलाबाट उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय लालबन्दी बुझाएको इप्रका नवलपुरले जनाएको छ।