केराबारी/ मोरङ्गको केराबारी ७ मा कुलो (सिंचाई पैनि)ले बगाएर एकजना नाबालकको ज्यान गएको छ। पाँचथरको आरुबोटेका हर्क लिम्बुका दुई बर्षीय छोरा दियन लिम्बुको ज्यान गएको हो।

स्थानीय जनसहयोग पैनीले बगाउँदा ति बालकको ज्यान गएको प्रहरीले जनाएको छ। बिहिबार (आज) बेलुका ७ बजेतिर तिर बालकलाई कुलोले बगाएर स्थानीयको अनुमान छ।

मामली घरैमा खेल्दै गरेका बालकलाई पैनिले करिव ४ किलोमिटर बगाएर स्थानीय बेलेपुर भन्ने ठाउँमा ल्याएको र स्थानीयले बालकको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। बालककी आमा दिना थेगिम केराबारी ७ स्थित पञ्चमी टोलमा रहेको माईतिघरमा साउने संग्राँती मनाउन आएको हाम्रा स्थानीय सम्बाददाता घनश्याम बिकले बताएका छन्।