बिराटनगर/ प्रदेश नम्बर १ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रदेश नम्बर १ प्रहरी कार्यालयलाई १७० वटा मोटरसाईकल र १०वटा स्कुटर प्रदान गरेको छ। आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी मन्त्रालयले प्रहरीलाई मोटरसाईकल र स्कुटर प्रदान गरेको हो। 03 Img

प्रदेश नम्बर १ आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा आईतबार बिहान एक कार्यक्रम गरी आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले प्रदेश नम्बर १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गर्नुभएको हो। 01 Img

चावी हस्तान्तरण पछि आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बिभिन्न अपराधमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरीक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको बताउनुभयो। DSC_0092

उहाँले हरेक प्रहरी युनिटमा सवारी साधन पुर्‍याउने र आन्तरीक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरीकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी निती रहेको हुँदा सवारी साधन उपलब्ध गराईएको बताउनुभयो। DSC_0093

मन्त्रालयले प्रदेश नम्बर १ प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी ९०वटा अपाचे मोटरसाईकल, ८० वटा १५० सि.सि.को पल्सर मोटरसाईकल र १० वटा यमाहा कम्पनीको १२५ सि.सी.को स्कुटर उपलब्ध गराएको हो। यसैगरी ट्राफिक ब्यबस्थापनमा सहजताका लागी मन्त्रालयले प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई समेत १० वटा मोटरसाईकल हस्तान्तरण गरेको छ। 02 Img

कार्यक्रममा सवारी साधनको चावी ग्रहण गर्दै प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले प्रदेश सरकारलाई धन्यवाद दिनुभयो। उहाँले उपलव्ध सवारी साधनले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गरेको बताउनुभयो । कार्कीले उपलब्ध सवारी साधनहरु तल्लो स्तर सम्मका हरेक प्रहरी कार्यालयहरुमा बितरण गरिने र प्राप्त सवारी साधनले प्रहरीको काम कारवाहीमा सहजता प्रदान गरी चुस्त दुरुस्त हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो।